बङ्गलादेश र कतारका राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथ लिनुभभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?