काठमाडौं– मिटर ब्याज लगाएर गाउँलेको सम्पत्तिद हडपी सडकमा पुर्याउने कार्यमा संलग्न श्याम परदेशीलाई प्रहरीले पक्राउ परेको छ ।
सर्लाही हरिपुरमा करीब २०० जनालाई उनले मिटर ब्याज लगाएर ठगी गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँले सँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्याएर अनेकन दुःख दिँदै आएका थिए ।
उनले एउटै ख्णका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया