खोटाङ– कुकुरलाई निर्मम ढंगले मार्ने काम भएको भन्दै व्यापक विरोध भएको छ । दिक्तेल बजारका कुकुरहरुलाई निर्मम तरिकाले मारिएको भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको हो ।
पशु अधिकारको ख्याल नगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारीहरुले निर्मम तरिकाले कुकुरलाई कुटेर मारेको पशु अधिकारवादीले बताएका छन् ।
एनिमल राइट्स क्लब चितवनका संस्थापक प्रमुख सुराजन श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभत्स गरी कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा देखिएको र कानुन मिचेर कुकुर मारिएकाले कानुनी कारबाही हुनुपर्ने बताए।
नगरपालिकाले हैजा लागेर मरेका २ सय ७० वटा कुकुर व्यवस्थापन गरेको बताएपनि स्थानीयवासीहरुले नगरपालिकाले नै ती कुकुर मारेको बताइरहेका छन्। नगरपालिका प्रमुख दीपनारायण रिजालले दिक्तेल बजारको सामुदायिक कुकुरहरु हैजाले मरेको र त्यसलाई व्यवस्थापन मात्र गरिएकोदाबी गरेका छन्।
पशुअधिकारको चरम उलङ्घन भएको भन्दै उक्त घटना विरुद्ध उजुरी दिने तयारी गरिएको बाजिन्द्र बिष्टले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया