कामु जनस्वास्थ्य रजिष्टारमा भट्ट नियुक्त

appharu
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को कायम मुकायम रजिष्टार पदमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपकराज भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रालयले आईतबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्काे नियुक्ति नहुञ्जेलसम्मका लागि भट्टलाई परिषद्को रजिष्टारमा नियुक्त गरेको जनाएको छ । परिषद्को ऐनअनुसार सो पदमा मन्त्रिपरिषद्को बैठकले मात्र नियुक्त गर्न सक्छ ।

कामु जिम्मेवारी मन्त्रालयगत निर्णयबाट हुनसक्ने प्रावधान छ । परिषद् लामो सयमदेखि रजिष्टारबिहीन हुँदा अनुमतिपत्र (लाइसेन्स ) वितरणको काम प्रभावित हुन पुगेको थियो । नवनियुक्त भट्टले दक्षिण कोरियाबाट ग्लोबल हेल्थ डेभलपमेन्ट विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँले परिषद्को आगामी कामलाई अझ प्रभावकारी बनाउन विस्तृत कार्ययोजना बनाइ काम गर्ने सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो । परिषद्ले मन्त्रालयलाई शीघ्र रजिष्टार नियुक्त गर्नका लागि हालै पत्राचार गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?