एटिएम लुट्ने थप एक चिनियाँ, विमानस्थलबाट पक्राउ

appharu
0
Shares

काठमाण्डौं । प्रहरीले एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

उनलाई आइतबार राति पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३६ वर्षका सु लुसली चिनियाँ युवा रहेका छन् ।

फरार अन्य दुई जनाको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?