सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

काठमाडौं । सर्लाहीको चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले परेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?