सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार सोनबरसाबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेका सर्लाही चन्द्रनगर गाउँपालिका–८ बबरगञ्जका १६ वर्षीय कविकुमार महतो, ईश्वरपुर नगरपालिका–६ पोखरीयाटोल बस्ने १७ वर्षीय अभिषेक महतो र त्यहीका १५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवननगरभेटिएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा कविकुमार महतोको साथबाट १८ थान नाइट्रोभेट फेला परेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?