प्रमुख कार्यकारी अधिकृत दक्षिण कोरिया प्रस्थान

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन कोरिया प्रस्थान गर्नुभएको हो।

भदौ १७ र १८ गते हुने विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहरी क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा प्रस्तुति गर्नुहुने छ । प्रस्तुति मूलभूत रुपमा काठमाडौं उपत्यकाभित्रका सम्पदा बस्तीहरुको गुरुयोजना, कार्यान्वयन मोडालिटी र वित्तीय आवश्यकतामा केन्द्रित हुनेछ ।

सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुले सहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन् ।

दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्याण्ड, मिनिस्ट्री अफ फरेन अफेयर्सको सहयोगमा इन्टरनेशनल कन्ट्रयाक्टर एशोसियसन कोरियाले कार्यक्रम आयोजना गरेको हो ।

ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेललगायत हुनुहुन्छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?