चिनियाँ ह्याकरले एटीएमबाट चोरेको रकम साट्ने ३ जना नेपाली पक्राउ

appharu
0
Shares

काठमाडौं । प्रहरीले चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न भएको अभियोगमा ३ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् ।

पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् ।

शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने अझै फरार छन् ।

उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो । डीएसपी बोगटीले घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दाबी गर्नुभयो ।

हालसम्म विभिन्न बैंकको एटीएम सिस्टम ह्याक गरी पैसा चोरी गर्ने ९ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?