काठमाडौं । सरकारले यही भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङका लागि छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ ।
व्यवसायीले राख्दै आएका धेरै मागहरु सरकारले पूरा गरिसकेकाले भदौ २५ मा नै बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिनुभयो ।
व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने व्यवसायीका धेरै मागहरु भएकालेसरकारले वातावरण तयार गरे मात्र बुकिङ खोल्ने बताउनुभयो ।
सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई दवाव दिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया