टान निर्वाचनका लागि उम्मेद्वारीकाे घोषणा, क–कसले दिए उम्मेद्वारी ?

काठमाडौं । आगामी भाद्र २० गते काठमाडौंमा ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रिय निर्वाचन हुँदैछ । निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सत्तारुढ नेकपाको समर्थन रहेको थापा समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरे ।
दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन् ।

नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।

आगामी भाद्र २० गते टानको ४१ औं साधारण सभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ ।

टानको आगामी २ वर्षे कार्यकालका लागि भाद्र २० गते निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?