दुई मोटरसाईकल ठोक्किए लगतै ट्रकले ठक्कर दियो, दुई जनाको मृत्यु

appharu
0
Shares

दाङ । दाङको देउखुरीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही – भालुबाङ सडक खण्डको पिपरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

लु १९ प ५५०६ र रा ३ प २०६१नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वका लागि छुटेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका ४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ।

दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षिय दिपक मरासिनी गम्भीर घाइते भएका छन् ।

घाइते मरासिनीलाई स्थानीय क्लनिकमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?