कोहलीको कीर्तिमानमा भारतले चुम्यो टेष्ट सिरिज

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएका दोस्रोे टेष्टमा वेष्ट इण्डिजलाई २५७ रनले पराजित गर्दै भारतले दुई खेलको सिरिज २-० ले जितेको हो ।

सबिना पार्कमा भारतले दिएको ४६८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज ५९ ओभर ५ बलमा अलआउट हुँदै २१० रनमा समेटियो ।

वेष्ट इण्डिजका लागि सम्राह ब्रुक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान जासन होल्डरले ३९ तथा जेर्मानी ब्लाकवुडले ३८ रन बनाए ।

वेष्ट इण्डिजलाई सस्तैमा समेट्न मोहमद शामी र रविन्द्र जडेजाले समान ३र३ विकेट लिए । इशान शर्माले २ विकेट लिए । वेष्ट इण्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ११७ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ४१६ रनको फराकिलो योगफल तयार गरेको थियो ।

दोस्रो इनिङ्समा ४ विकेटको क्षतिमा १८६ रन जोड्दै भारतले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका अजिन्का रहाणेले अविजित ६४ तथा हनुमा बिहारीले अविजित ५४ रन बनाएका थिए । वेष्ट इण्डिजका केमार रोचले ३ विकेट लिए ।

वेष्ट इण्डिजविरुद्धको दुई टेष्ट जितेसँगै कप्तान विराट कोहली भारतबाट सर्वाधिक टेष्ट जित्ने कप्तान बनेका छन् । कोहलीले कप्तानको रुपमा २८ टेष्ट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?