सानिमा बैंकले २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा बैंकले २१ दशमलव ०५२६% लाभांश वितरण गर्ने भएको छ । बैंकले ११ दशमलव ०५२६% नगद र १०५ बोनस सेयर दिने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । यसर्थ, बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, बैंकले बोनसमा लाग्ने करसहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश बाँड्नेछ । अघिल्लो वर्ष सानिमाले १४५ नगद लाभांश दिएको थियो ।

हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?