ग्यास सिलिण्डरभित्र लागूऔषध राखेर अवैध कारोबार गर्ने पक्राउ

सप्तरी । भारतीय बजारबाट ग्यास सिलिण्डरमा प्वाल पारी अवैध लागूऔषध भित्रिने गरेको रहस्य खुलेको छ । खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका–१६ बाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेपछि रहस्य खुलेको हो ।

एकसाता अघि मात्रै वीरगञ्ज भन्सारबाट प्रहरीले खाने तेलको ग्यालेनभित्र राखेर ल्याउँदै गरेको अवस्थामा लागू औषध बरामद गरेको थियो । राजगढ गाउँपालिका–६ का ३८ वर्षीय अशोक यादवले स१०प १३ नम्वरको मोटरसाईकलमा सिलिण्डर राखेर राजविराजतर्फ आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । सादा पोशाकमा खटिएका प्रहरीको टोलीले सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको सप्तरकिा निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सिलिण्डरभित्र १ सय एमएल डाईलेक्स र १ सय ४० थान डीसीसीरप बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?