प्रदेशी विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

appharu
0
Shares

काठमाडौँ – मिटरब्याजको धन्दा चलाएको र ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाहीका श्याम प्रदेशी विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुमतिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रदेशीको सम्पत्ति विवरण खोज्न थालेको हो । प्रहरीले प्रदेशी र उनको परिवारका सदस्यको नाममा रहेको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकमार्फत पत्राचार गरेको छ भने उनको जग्गा बेचबिखन रोक्न मालपोत कार्यालयमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले विभागले अनुमति दिएपछि अनुसन्धान थालिएको बताए । उनले प्रदेशीको नाममा रहेको चल–अचल सम्पत्ति र त्यसको स्रोतबारे विस्तृत अनुसन्धान गरेर विभागलाई प्रतिवेदन बुझाइने बताए । प्रदेशीले विपन्न, निरक्षर र दलित समुदायका व्यक्तिलाई ऋण दिएर दोब्बर–तेब्बर रकमको कागजमा ल्याप्चे लगाउन लगाएको प्रमाण भेटिएको छ । कान्तिपुरले फेला पारेको कागजमा श्यामले १ सय ९९ जनालाई यसरी ऋण दिएको देखिन्छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?