गोली हानेर विरगन्जमा एकजना पक्राउ, पेस्तोल र १७ राउन्ड गोली बरामद

appharu
0
Shares

वीरगञ्जमा गोली चलेको छ । प्रहरीले गोली हानेर एक युवकलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका- १६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई गोली हानी प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको छ ।
गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिए ।

सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजाय भोगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?