सन् २०२२ मा हुने विश्वकप फूटबलको लोगो सार्वजनिक गरिएको छ । फिफाले यसअघि नै आफ्नो अफिसियल पेजमा सेप्टेम्बर ३ तारिकमा लोगो सार्वजनिक गर्ने जानकारी दिएको थियो ।
मध्यपूर्वको संस्कृति र प्रकृतिलाई मध्यनजर गरेर बनाइएको लोगो लाई कतार विश्वकप आयोजकले एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो । विश्वकप हुने आठ वटा स्टेडियमको समेत जानकारी लोगोमा उल्लेख गर्न खोजीएको छ । कतार विश्वकपले कसरी संसार जोड्न खोज्दैछ भन्ने समेत त्यसमा देखाइएको छ । फिफाले अफिसियल लोगो सार्वजनिक गरेको पेजमा कमेन्ट गर्दै एक कमेन्टरले लेखेका छन् , लोगो यस मौसममा टूर्नामेन्टको स्थानान्तरण पछि हामीले लगाउने शल (हिउँद) को प्रतीक हो, र प्रख्यात शिलालेख र मार्जाम, त्यहाँ फुटबल र पोइन्टभन्दा माथि र पोइन्टहरू छन् जुन हाम्रो अरबी र अवधिलाई अंग्रेजी शव्द कतारमा पनि समेट्छ। आकार वर्ल्ड कप विशिष्टको आकार हो र यसले स्टेडियमको संख्या र कतारको झण्डाको रंग सुझाव दिन सक्छ। अर्का एकले लेखेका छन्, कोही पनि जाडोको विश्व कप चाहँदैनन् यो मूर्ख हो ।
यस्तै फिफाले फेसबुक अकाउन्टमार्फत दोहा, कतारमा ( फिफा विश्व कपको २२ औं संस्करणको आधिकारिक प्रतीकको अनावरणबाट दृश्यहरू भन्दै फोटो राखेको छ । _ एजेन्सीको सहयोगमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया