जुम्लामा बसको ठक्करले एक जनाको मुत्यु

काठमाडौं । जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?