सीता एयरको ड्रोनियर जहाजको इन्जिन आकाशमै फेल भएपछि …

काठमाडौं । सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्।

लुक्लाबाट आएको सीताको नाइनएन–एजेएच नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएपछि क्याप्टेन भरत थापाले जहाज सकुशल काठमाडौं अवतरण गराएका हुन् ।

सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यका अनुसार उक्त जहाज आज बिहान ८ः५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो ।

कुनै पनि यात्रु नभएको उक्त जहाज र चालक दलका सदस्यमा कुनै पनि क्षति पुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?