पाकिस्तानले भारतसँग सनक देखाएको अमेरिकी एक उच्च अधिकारीको आरोप

एजेन्सी । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स मत्तीसले पाकिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देश भएको टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्को सदस्य रहिसकेका र दशकौं लामो समयसम्म सैन्य कार्यकाल बिताएका उनले पाकिस्तानको कडा आलोचना गरेका हुन् ।

मत्तीसले ट्रम्प प्रशासन गत जनवरीमा छाडेका थिए । उनले पाकिस्तानले भारतसँग सनक देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘भूराजनीतिक दृष्टिले उसको भारप्रति विद्वेष हो ।’ उनका अनुसार पाकिस्तानले अफगानिस्तानको नीति पनि तय गरेको छ । भारतको प्रभाव कम गर्न पाकिस्तानी सेना काबुलमा आफूले चाहेको सरकार ल्याउन चाहने उनको भनाई छ ।

मत्तीससँग पाकिस्तान र दक्षिण एसियामा लामो अनुभव छ । उनीसँग अफगानिस्तानमा सबैभन्दा पहिला अमेरिकी समुद्री सैन्य दलको उच्च नेतृत्व गरेको, अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख र त्यसपछि रक्षामन्त्रीका रुपमा काम गरेको अनुभव छ ।

‘मैले सबै देशसँग काम गरेको छु, मलाई लाग्छ पाकिस्तान सबैभन्दा खतरनाक छ किनकी उसको समाज उग्रवादी छ र उसँग आणविक हतियार पनि छ,’ मात्तीसले मंगलबार बजारमा आएको आत्मवृत्तान्त ‘कल साइन चाओज’मा लेखेका छन्, ‘अत्यधिक रुपमा आतंकवादी जन्माइरहने द्रूगगतिमा विस्तार भइरहेको आणविक अतियारयुक्त घर विश्वमा हामीसँग रहन सक्दैन । यसको नतिजा अत्यन्त भयानक हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?