महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । अर्घाखाँचीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
अर्घाखाँची बस्ने ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-३ आरुबुटा बस्ने ३२ वर्षीय रिख बहादुर नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?