दसैंका लागि अग्रिम टिकट बुकिङको मिति अझै तय हुन सकेन, के भयाे आजको बैठकमा ?

काठमाडौं । दसैंका लागि सार्वजनिक बसको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा बुधबार भएको छलफल निश्कर्षविहीन बनेको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकावालाहरुको सहभागितामा यातायात व्यवस्था विभागले गरेको छलफल निश्कर्षविहीन बनेको हो ।

सरकारले अग्रिम टिकट बुकिङको विषयमा चासो राखेर गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा विभागलाई बोलाएर आवश्यक छलफल थाल्न निर्देशन दिएको थियो । त्यसकै आधारमा बुधबार भएको छलफल सकारात्मक भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आजको छलफल सकारात्मक रहेको अर्को साताका लागि पुनः छलफल गरिनेछ । छलफल सकारात्मक भएकोले अर्को साता टिकट बुकिङको मिति तय हुनेछ ।


विगतका वर्षहरुमा दसैं सुरु हुनु १ महिना अघिदेखि अग्रिम टिकट बुकिङ खुल्दै आएको थियो । तर, पछिल्लो दुई वर्षयता विभिन्न कारणले एक साता अघिमात्र बुकिङ खुल्ने गरेको छ । यो वर्ष पनि दसैं सुरु हुनु करिब दुई साता अघिमात्र बुकिङ खुल्ने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?