झापा, २० पुस- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताएका छन् झापाको दमकमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने– “काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ ।”नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने भएकाले केही ढिलाइ हुन पुगेको हो भन्दै कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने बताए फरक प्रसंगमा नेता थापाले निर्वाचनको परिणामले काँग्रेसको पुनःसंरचना गर्नुपर्ने देखिएको बताउँदै जतिसक्दो चाँडो महासमिति बैठक बोलाएर महाधिवेशनको तयारीमा पार्टी लाग्नु पर्ने धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया