नेपाली बैंकका एटीएम कार्ड प्रयोग गरी ह्याकरले भारतबाट साढे ३ करोड झिकेको खुलासा (प्रतिवेदनसहित)

काठमाडौं । चिनियाँ ह्याकरहरुको समुहले नेपालका विभिन्न बैंकका एटीएममार्फत कराडौं रकम झिकेकोबारे प्रारम्भिक अनुसन्धान सार्वजनिक भएको छ । एटिएम ह्याक प्रकरणबारे छानवि गर्न बनेको समितिले प्रारम्भिक अनुसन्धानबाट ह्याकरले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)मा आवद्ध विभिन्न बैंकहरुको ‘क्लोन डेबिट/क्रेडिट कार्ड’ मार्फत भदौ १४ गते शनिबार विहान ११ बजेदेखि अपराह्न ४ः३५ बजेसमम्म झण्डै २ करोड रुपैयाँ झिकेको खुलेको छ ।

उनीहरुले नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानमा रहेका ६८ वटा एटीएम बुथबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ झिकेका छन् । यस्तै, ह्याकरहरुको समुहले नेपालका ६ वटा बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न २४ बैंकका १ सय ३२ एटीएम बुथबाट नेपाली ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ झिकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एटीएम ह्याक घटनाको प्रारम्भिक अध्ययन गरेको समितिले अल्पकालीन तथा दिर्घकालीन गरी विभिन्न सुझाव समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?