अवैध लागूऔषधसहित नुवाकोटका एक युवक कलंकीबाट पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई कलंकीबाट पक्राउ पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध करिब ४ ग्राम ब्राउनसुगरसहित काठमाडौं कलंकी बस्ने नुवाकोट देवीघाट घर भएका २९ वर्षीय विक्रम काफ्लेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?