मालपोतका कर्मचारीद्वारा सेवाग्राहीमाथि हातपात

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा मालपोत कार्यालयका कर्मचारीले सेवाग्राहीमाथि हातपात गरेका छन् । मालपोतका कम्प्युटर अपरेटर अमित कुमार अग्रहरीले सेवाग्राहीमाथि मुक्का प्रहार गरेका हुन् । मालपोतका कर्मचारी अग्रहरीले कपिलवस्तु शिवराज नगरपालिका वडा नं ६ पिपरी वस्ने बर्ष २५ का हरि नारायण मौर्यामाथि मुक्का प्रहार गरेका हुन् । मौर्याको मुखमा चोट लागेको छ ।

मुक्का प्रहार गरेपछि मालपोत कार्यालयको काम प्रभावित भएको थियो ।

मालपोत कार्यालय चन्द्रौटाका प्रमुख टिकाराम पौडेलले सेवाग्रहीसँग भएको विवादलाई समाधान गर्ने बताएका छन् । उनले यदि कुनै पनि कर्मचारीले रकम लिएको थाहा पाए कारबाही गरिने बताए । साथै उनले कार्यालयमा कर्मचारीको अभाव भएकोले काम गर्दा कठिनाई भएको जानकारी दिए । सेवाग्राही आफैंले पनि फाइल लिएर नगई लेखापढी गर्नेलाई पठाउने हुँदा सेवाग्राही भन्दा लेखापढी व्यवसायीहरुको भिड हुने गरेको उनले स्वीकार गरे ।

मालपोत कार्यालयमा कर्मचारीले बाहेक अरुले फाइल खोज्ने यताउता गराउन नपाउने भए पनि चन्द्रौटा मालपोत कार्यालयमा भने सेवाग्राही फाइल खोज्नेदेखि अन्य कामहरु लेखपढी व्यवसायीहरुले अझै पनि गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?