जर्नादन शर्माको गर्जन : सडकबाट भीख माग्दैमा राजतन्त्र फर्किँदैन

appharu
0
Shares

दाङ–तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच पहिलो पटक वार्ता भएको स्थल दाङको हापुरेमा १६ वर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ ।
२०६० साउन २९ र ३० गते तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच वार्ता भएको थियो ।
रिपोटर्स क्लव दाङ र बवई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्ने नागरिक अगुवा तथा नेताहरुले शान्ति प्रक्रियाका अपूरा कामहरु तत्काल पूरा गर्न सरकार र दलहहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै पूर्वशान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भीख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । जनताले अस्वीकार गरेको राजतन्त्र कुनैपनि हालतमा नफर्किने भन्दै संघीय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे । उपलब्धिलाई विर्सेर भड्किएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै कसैको बहकाउमा लागेर सामाजिक संजालमा जथाभावी नलेख्न आग्रह गरे ।
जनताको विजय हाँसिल गर्न हापुरेमा पहिलो पटक शान्ति वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको माग पूरा भएको बताए ।
फरक प्रसंगमा उनले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे ।

यसैगरी नागरिक अगुवा दमननाथ ढुङ्गानाले परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपूर्ण कार्य रहेको बताए ।

नागरिक अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालीन समयमा शान्ति वार्ता भंग भएको स्मरण गरे ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधान दिन नचाहेकै कारण वार्ता भईरहेको समयमा दोरम्बामा सेनाले मान्छे मारेर शान्ति विरोधी काम गरेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?