चक्कुको बिँडभित्र आधा किलो सुन

appharu
0
Shares

नेपाल एयरलाइन्सको बिमानबाट बुधबार बिहान ८ः४० मा काठमाडौं विमानस्थल ओर्लेका सन्तोषकुमार नेपाली विमानस्थलभित्रै पक्राउ परे । वैदेशिक रोजगारीका लागि कतार गएका उनी फर्कने क्रममा समातिएका हुन् ।
कारण थियो, उनले ल्याएको दुई चक्कुको बिँड, जसभित्र ४ सय ८२ ग्राम सुन लुकाइएको थियो । ठूलो प्रकृतिका संगठीत सुन तस्करी घटनामा दृश्यमा नदेखिएपनि पछिल्ला दिनमा तस्करीका शैली बदलिएका छन् ।
सन्तोषको प्रारम्भिक बयानअनुसार पोखरा घर बताउने एक अपरिचितले उक्त चक्कु पठाएका थिए । जसबापत चिया खर्ची भनेर उनले ५०० पाएका थिए । नेपाली दाजुभाइको घर लैजाने सामान भनेर ल्याउँदा आफू फसेको उनको दाबी छ । कान्तिपुरमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?