जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरीले पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ पानी ट्याङकी बस्ने ७७ वर्षीय केशर बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

पक्राउ परेका बस्नेतले गत शनिबार एक जना महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?