प्रधानमन्त्री ओली १६ दिनपछि स्वदेश फिर्ता, स्वास्थ्य अवस्थाबारे के भन्छन् निजी चिकित्सक ?

नियमित काममा कहिलेबाट ?

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित काम गर्न सक्ने उहाँको निजी चिकित्सकले जनाएका छन् ।

स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका थिए । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ओर्लिएर सबैलाई हात हल्लाएपनि उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।

निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल ९एनयूएच० मा पूरा भएको भन्दै अब नियमित काममा फर्कन सक्ने बताएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ ।’

प्रधानमन्त्री ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?