अधिनायकवादी सरकार विरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि कांग्रेस तयार छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि कांग्रेस तयार रहेको बताउनु्भएको छ । नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार ‘सिस्टम’ नै परिवर्तन गर्न खोजेको आरोप लगाउनुभयो । ‘सरकार बदलिनु स्वभाविक कुरा हो ।’ उहाँले भन्नुभयो, ‘तर सिस्टम बदल्न खोज्नु सामान्य होइन ।’

सरकारले सुरक्षा संयन्त्रलाई पार्टीप्रति प्रतिवद्ध बनाउन खोजेको सभापति देउवाको आरोप छ । उहाँले कम्युनिष्ट सरकारले पुलिस, आर्मी र व्युरोक्रेसीलाई पार्टीका संयन्त्र बनाउन खोजेको बताउनुभयो । जनताले तिरेको करबाट तलब खाने पुलिस, आर्मी र कर्मचारीतन्त्रलाई तर्साएर धम्क्याएर नेकपाप्रति प्रतिवद्ध बनाउन खोजेको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारको कडा आलोचना गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?