काठमाडौं । सन् १८५४ मा स्विट्जरल्याण्डमा स्विस बैँक कर्पोरेसन नामबाट हालको स्विस बैँकको स्थापना भएको हो । स्विस बैँकको हाल विश्वका विभिन्न ५० देशहरुमा शाखा रहेका छन् । साथै विश्वका २०० भन्दा धेरै देशका नागरिकले स्विस बैँकमा पैसा जम्मा गरिसकेको स्विस बैँकले प्रकाशित गरेको एक प्रतिवेदनमा उल्लेख छ । विश्वका जुनसुकै देशमा त्यहाँका राजनितिज्ञ देखी जो कोही उच्च पदस्थ व्यक्तिबाट हुने आर्थिक अनियमितता पछि कतै न कतैबाट स्विस बैँकको नाम जोडिएको हुन्छ । किन जो कोहीको पनि कालोधन लुकाउने अखडाको रुपमा स्विस बैँकलाई हेरिन्छ भन्ने कुरा आम जनमानसको चासोको विषय बन्ने गरेको छ । विश्वका धेरै मुलुकमध्ये नेपाल पनि स्विस बैँकमा पैसा जम्मा गर्नेमध्ये अग्रणी स्थानमा रहेको छ ।
एक अध्ययनले बताए अनुसार, स्विस बैँकमा जम्मा गर्ने रकमको आधारमा नेपाल १०९ औँ स्थानमा रहेको छ भने अघिल्लो वर्षको अनुसार ११२ औँ स्थानमा थियो । त्यस्तै स्विस बैँकमा रकम जम्मा गर्नेमा उच्च राजनितिज्ञदेखि लिएर उद्योगी, ब्यापारी एवम् विभिन्न सङ्घसंस्था समेत रहेको अध्ययनले जनाएको छ ।
त्यस्तै स्विस बैँकमा रकम जम्मा गर्नेमा पहिलो स्थानमा अमेरिका रहेको छ भने छिमेकी देश भारत ७६औँ स्थानमा रहेको छ । देशको अर्थतन्त्र धराप भएको बेला पनि नेपालको धन स्विस बैँकमा बढिरहेको कुरा विभिन्न अध्ययनले देखाएका छन् । नेपालका विभिन्न उच्च पदस्थ ब्यक्तिहरुको नाम पनि स्विस बैँकको नामसँग जोडिएर बारम्बार आउने गरेको छ ।
सन् २०१७ मा स्विस बैँकले नै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अहिलेसम्म नेपालीले स्विस बैँकमा रकम राख्ने र निकाल्ने गरि आधा खर्बभन्दा बढिरहेको छ ।
कसरी हुन्छ त स्विस बैँकमा कालोधनको सुरक्षा ?
स्विट्जरल्याण्डको अनलाईन पत्रिका ‘स्विस इन्फो न्युज डट सिएच’काअनुसार, सम्बन्धबिच्छेद देखि लिएर विभिन्न आपराधिक क्रियाकलापबाट प्राप्त हुन आएको धन त्यहाँ जम्मा हुने गरेको छ । त्यस्तै बैँक टाट पल्टिदा अँशबण्डा गरेकोदेखि विभिन्न अनाधिकृत स्रोतबाट प्राप्त गरेको रकम त्यहाँ जम्मा हुने गरेको छ । यसरी जम्मा गरेको रकममा उच्च किसिमको गोपनियता र कम स्तरको वित्तिय जोखिम रहने गरेको स्विस बैँकले दाबी गर्दै आएको छ । कुनैपनि व्यक्ति तथा सस्था जो कोहीले रकम जम्मा गर्दा आयस्रोत देखाउन नपर्ने तथा कुनै व्यक्तिगत विवरण राख्नु पर्दैन । त्यसैले गर्दा नै कालोधन लुकाउन सहज हुने गर्दछ । आफ्ना खातावालको सम्पुर्ण कुराहरु गोप्य राख्नको लागी बैँकले कुनैपनि प्रयोजनको लागी कसैलाई पनि देखाउदैन ।
स्विस बैँकले भ्रष्ट्र र तानाशाह नेता, करछली गर्ने व्यापारी, हतियार तथा लागु औषध कारोबारीको रकम जम्मा गरि धेरै नाफा कमाउने गरेको आईसिआईजेले दाबी गर्यो । त्यसपछि विश्वभरबाट स्विस बैँकको आलोचना हुन थाल्यो साथै केही देशका राजनीतिज्ञ तथा उच्च पदस्थ व्यक्तिको जीवन नै धरापमा पर्यो ।
त्यसरी विश्वभरबाट आइरहेको आलोचनालाई मध्यनजर गर्दै सत्य तथ्य पत्ता लगाउनको लागि ईयुले स्विस बैँकलाई कानुनी दायरामा ल्याउनको लागी जोडबल प्रयास गर्यो । त्यसै अनुरुप सन् २०१५ मा स्विट्जरल्याण्ड सरकार र युरोपियन युनियन (इयु) बीच ‘असाधारण गोपनियता अन्त्य गरि स्विट्जरल्याण्ड र अन्य युरोपियन खातावालहरुको बिवरण माग भएमा आदान प्रदान गर्नुपर्ने’ सम्झौता भयो ।
तर अझैपनि स्विस बैँकले आफ्ना खातावालाहरुको नाम चाहिँ बाहिर ल्याएको छैन । सन् २०१८ मार्चमा स्विस बैँकले सार्वजनिक गरेको विवरण अनुसार स्विस बैँकको कुल सम्पत्ति १५०० बिलियन अमेरिकी डलर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया