भोलि हुने एमबिबिएसको प्रवेश परीक्षा नगर्न सर्वोच्चको आदेश

काठमाडौँ | सर्वोच्च अदालतले भोलिको लागि तोकिएको एमबिबिएसको प्रवेश परीक्षा नगर्न आदेश दिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा नगर्न सर्वोच्चले शुक्रबार आदेश दिएको हो।

निवेदक आयुष ओझासमेतले चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट दायर गर्नुभएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?