ओली र दाहालबीच समसामायिक राजनीतिक विषय छलफल

appharu
0
Shares

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषय छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुग्नुभएका अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच समसामायिक राजनीतिक विषय छलफल भएको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर शुक्रबार स्वदेश फर्कनु भएपछि उहाँको स्वास्थ्योपचारबारे जानकारी अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओली गत भदौं ५ गते सिङ्गापुरबाट उपचार गराएर शुक्रबार स्वदेश फर्कनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?