एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सम्बन्धी पुस्तक समय अगावै सार्वजनिक हुने भएको छ राष्ट्रपति ट्रम्प सम्बन्धी विवादास्पद पुस्तकका लेखकले समय अगावै उक्त पुस्तक सार्वजनिक हुने बताएका छन् ट्रम्पका वकिलहरुले उक्त पुस्तकमाथि रोक लगाउने प्रयास गरेपछि उक्त पुस्तकका लेखकले यस्तो बताएका हुन् लेखक माइकल उल्फले लेखेको ‘फायर एण्ड फ्युरी’ नामक पुस्तक तोकिएको मितिभन्दा चार दिनअघि शुक्रवार सार्वजनिक हुने भएको छ लेखकले ट्वीटमार्फत पुस्तक सार्वजनिक गर्ने निर्णयको घोषणा गर्दै लेखेका छन्, ‘भोलि किताब किन्न सकिनेछ । धन्यवाद राष्ट्रपति ।’तर, ट्रम्पका वकिलहरुले उक्त पुस्तकमा थुप्रै गलत विवरणहरु रहेको बताएका छन् पुस्तकमा ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई उद्धृत गर्दै राष्ट्रपतीय चुनाव अघि रुसी समूहसँगको भेटलाई ‘देशद्रोह’ भन्दै व्याख्या गरिएको बताइएको छ उक्त पुस्तकमा राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्प आफैँ चकित परेको पनि उल्लेख गरिएको छ त्यस्तै, ह्वाइट हाउसले उक्त पुस्तकको सत्यताबारे प्रश्न उठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया