ऐतिहासिक सफलताबाट चुक्यो भारत, मोदी भन्छन्ः हार मानेका छैनौं

एजेन्सी । चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने भनिएको भारतको ऐतिहासिक अन्तरिक्षयान असफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को कक्षबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बैज्ञानिकले गरेको प्रयासको प्रशंसा गर्नुभयो । भारतको महत्वकांक्षि चन्द्रयान २ योजना असफल भएपनि हौसला भने कमजोर नभएको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतले हाल चन्द्रयान–२ मा असफलता हात पारेपनि हार भने नमानेको बतउनुभयो ।

यसअघि, शनिबार बिहान सवा एक बजेदेखि सवा २ बजेसम्म चन्द्रमाको सतहमा अवतरण गर्ने भनिएको चन्द्रयान–२ अचानक सम्पर्क विच्छेद भएको थियो । चन्द्रमाको सतहबाट २ किलोमिटर मात्र टाढाको दुरीमा रहेको हवस्थामा चन्द्रयान–२ सम्पर्क विच्छेद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चन्द्रयान अवतरण गरेको हेर्नको लागि प्रधानमन्त्री मोदी पनि (आइएसआरओ) को कक्षमा जानुभएको थियो । तर, अभियान असफल भएपछि उहाँ निराश बन्दै फकिर्नुभएको थियो ।

चन्द्रयान–२ असफल भएसँगै ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा रहेको चन्द्रमालाई चुम्न भारत यसपटक असफल भएको छ । भने, भारतको वैज्ञानिकहरुको ११ वर्षदेखिको रातदिनको सपनमा धक्का लागेको छ ।

चन्द्रयान–२ गत जुलाई २२ मा भारत आन्ध्र प्रदेशको श्रीहरिकोटबाट चन्द्रमातर्फ पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?