एसिड आक्रमण गर्नेलाई फाँसी दिनुपर्छः सांसद यादव

वीरगञ्ज । प्रतिनिधि सभाका सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय दिनुपर्ने बताउनुभएको छ । वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा सांसद यादवले एसिड आक्रमण गर्नेलाई कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानुन संशोधनका लागि संसदमा आवाज उठाउने समेत बताउनुभयो ।
‘जसले महिलाको जिन्दगी वर्बाद गरेको छ, उसको पनि जिन्दगी वर्बाद हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘त्यस्तालाई फाँसीको सजाय हुनुपर्छ । त्यसका लागि कानुन संशोधन गर्नुपरे गरौं ।’

कडा सजाय हुन्छ भन्ने डर नभएसम्म यस्ता घटना दोहोरिहने उहाँको भनाई छ । अपराध गर्न खोज्नेको मनमा डर पैदा गर्न पनि कानुन संशोधन आवश्यक रहेको सासंद यादवको भनाई छ ।

यसअघि शुक्रबार मात्र वीरगञ्जमा हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन माथि एसिड आक्रमण गरिएको थियो । एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?