काठमाडौंमा पेस्तोल बोकेर हिड्ने ७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई शनिबार अपराह्न पेस्तोलसहित पक्राउ गरेको हो

उनीहरुको साथबाट २ वटा पेस्तोल र ४ राउण्ड गोली बरामद गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरुबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुलाई भोलि आइतबार काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?