टी–ट्वान्टी वरियतामा क्रिस गेल र धोनी भन्दा पारस अगाडी !

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।

आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका हुन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ९० रेटिङ अंकका साथ २७ औं स्थानमा रहनुभएको छ । भने कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।

तर, कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका आन्द्रे रसेल, क्रिस गेल, भारतका सुरेश रैना, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि हुनुहुन्छ ।

यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाउनुभएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत हुनुहुन्छ ।

यस्तै, ब्याटिङतर्फ कप्तान पारस ६८ औं स्थानमा रहनुभएको छ । ४ सय १७ रेटिङ अंक पाउनुभएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि हुनुहुन्छ ।

बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ४११ रेटिङ अंक पाएका सोमपाल यथावत रहदै ७८ औं स्थानमा रहनुभएको छ ।

यस्तै बसन्त एक स्थान तल झर्दै ७२ औं स्थानमा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?