अर्थतन्त्रका सबै सुचक सकारात्मक हुँदा हुँदैपनि बदनाम गर्ने प्रयास भयो : अर्थमन्त्री

appharu
0
Shares
तस्वीर: गूगल

काठमाण्डौ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका सबै सुचक सकारात्मक हुँदा हुँदैपनि मुलुकभित्रबाटै अर्थतन्त्रको बदनाम गर्ने प्रयास भैरहेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार संघ नाफिज को दशौं वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारलाई असफल बनाउने खेल भैरहेकोमा चिन्ता समेत ब्यक्त गर्नुभयो । साथै सरकारको चामल बिक्न नसकेको यस्तो अबस्थामा नकारात्मक हल्ला गर्नेहरुको पिठो बिक्ने अबस्था आएको समेत जानकारी दिए । अर्थमन्त्री खतिवडाले भन्नुभयो, ” सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।” भोलिका दिनहरुमा त्यस्ता काम नगर्न खतिवडाले सबैमा आग्रह समेत गर्न गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?