भ्रष्टाचार विरुद्ध राप्रपा युवा संगठन : सबै विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग

appharu
0
Shares

काठमाडौं – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राष्ट्रियता संरक्षण तथा भ्रष्टाचार विरुद्ध मेची महाकाली युवा अभियान संचालन गर्ने निर्णय गरेको छ ।

रुपन्देही जिल्लाको बुटवल स्थित विश्व हिन्दु महासंघको सभामा भाद्र २० र २१ गते भएको परिषद बैठकले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियान संचालन गर्ने भएको हो ।

संगठनले देशका .सबै विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गर्ने भएको छ । त्यस्तै परिषद् बैठकले वेरोजगार युवाका लागि रोजगारको नीति र वेरोगारी भत्ता समेत प्रदान गर्न सरकारसाग माग गर्ने भएको छ । परिषद बैठकले आगामी फागुन १६,१७ र १८ गते संगठनको केन्द्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?