ट्रली बस बन्द भएको एक दशकपछि काठमाडौंमा विद्युतीय बस, कार्डबाटै भाडा !

appharu
0
Shares

काठमाडौं – सोमबारबाट काठमाडौंमा विद्युतीय बस गुड्दैछ । पहिलो चरणमा नीजि क्षेत्रको सुन्दर यातायातले दुई वटा विद्युतीय बसबाट सेवा सुरु गर्दैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना बनाएको छ । कम्पनीले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदैछ । केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्ने कम्पनीले जनाएको छ । काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ ।
यो बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?