काठमाडौं । नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोलको फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
नेपाली समय अनुसार ३:४५ मा काराकोलस्थित सेन्ट्रल स्टेडियममा खेल सुरु भएको थियो । नेपालले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।
नेपालकी सावित्रा भण्डारीले खेलको ३० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन् ।
जितसँगै नेपालले तीन अंकबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया