शिक्षामा आमूल परिवर्तनको खाँचो : उपप्रधानमन्त्री पोखरेल

appharu
0
Shares

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको जनशक्तिलाई विश्वप्रतिष्पर्धी बनाउन शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि शिक्षाको रुपान्तरण जरुरी रहेको उल्लेख गर्दै उहाँले उत्पादनमूलक, प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले आजको सन्दर्भमा सामान्य शिक्षा जीवनोपयोगी नहुने जिकिर गर्नुभयो । “सरकारले शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेको छ, अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ, उत्पादन, श्रम, रोजगारी र स्वाभिमानसँग गाँसिएको कुरा हो”, मन्त्री पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?