भद्रगोलको फ्लप एपीसोड यूट्यूवमा ट्रेण्डिङमा, लाइकको तुलनामा डिस्लाइक बढी

appharu
0
Shares

काठमाण्डौं । टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको छ । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको देखिएको छैन ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।

केहि समय पछि प्रसारणमा आएको शृखंलाले दर्शकको ताली भन्दा पनी गाली बढी खेपिरहेको छ । प्रसारित २२० अंक अहिले युट्युवको ट्रेण्डिङमा छ तर दर्शकले भिडियो लाई लाईक भन्दा बढी डिसलाईक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?