बहुविवाह गरेको अभियोगमा गाउँपालिका प्रमुख पक्राउ

काठमाडौं । प्यु्ठानमा बहुविवाह गरेको अभियोगमा गाउँपालिका प्रमुख पक्राउ परेका छन् ।
प्युठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी बहुविवाह गरेको अभियोगमा पक्राउ पर्नुभएको छ ।
बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उहाँकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दा दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरीलाई अदालतमा पेश गरिनेछ। गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?