काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गरिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।

महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताउनु भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गर्नु भयो । नवनियुक्त प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सार्नु भयो ।

जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढि प्रभावकारी बनाउने उहाँको भनाई छ । प्रमुख ढकालले ट्राफिक व्यवस्थापन सम्बन्धि कानुन कार्यान्वयनमा पनि कडाई गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?