एसिड आक्रमणमा परेकी मुस्कानको सम्पूर्ण खर्च प्रदेश २ सरकारले व्यहोर्ने

मुस्कानलाई भेट्न अस्पताल पुगे मुख्यमन्त्री राउत

काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुनको सम्पूर्ण खर्च प्रदेश २ सरकारले व्यहोर्ने भएको छ । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी खातुनलाई भेट्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताउनुभएको हो ।

उहाँले अस्पतालमा चिकित्सकहरुलाई खातुनको उपचारमा कुनै कमी हुन नदिन समेत आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले मुस्कानका परिवारसँग एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्वतासमेत जनाउनुभएको छ ।

प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाइरहेको भन्दै उहाँले खातुनको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताउनुभएको हो ।

कक्षा ९ मा अध्ययनरत खातुनमाथि गत शुक्रबार स्कुल जाने क्रममा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । एसिडले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ ।

यो पनि पढ्नुहोस्ः

बेड नं ४०६ : पीडितलाई देखेपछि लाग्छ, एसिड छ्याप्नेलाई झुन्ड्याइयोस् !

प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?