काठमाडौं । जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् ।
जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको थापाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया